चार जना सहसचिवहरूको पदस्थापन - Chaitanya News
  • 2026-05-23
  • 22:42:51
  • शनिबार,जेठ ०९, २०८३
  • चार जना सहसचिवहरूको पदस्थापन

    चार जना सहसचिवहरूको पदस्थापन

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना सहसचिवको पदस्थापन गरेको छ। आज (बुधबार) मन्त्रालयले कर्मचारी प्रशासन महाशाखालगायत मातहतका अन्य निकायहरूमा चार जना सहसचिवहरूलाई जिम्मेवारी दिएको हो।

    कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पिताम्बर घिमिरेलाई दिइएको छ।

    यस्तै मन्त्रालयले राष्ट्रिय किताब खानाको महानिर्देशकको जिम्मेवारी सहसचिव श्रवण कुमार पोखरेललाई दिएको छ भने उपमहानिर्देशकको जिम्मेवारी सहसचिव लक्ष्मी पाण्डेय गौतमलाई दिएको छ। यस्तै सहसचिव नन्दलाल पौडेललाई किताब खाना(शिक्षक) मा पठाएको छ ।