निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत - Chaitanya News
  • 2026-05-15
  • 18:02:54
  • शुक्रबार,जेठ ०१, २०८३
  • निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

    निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

    काठमाडौं– निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो।

    तर, संसद्‌मा यो विधेयकले निजीकरणलाई मात्रै प्रवद्र्धन गर्ने भनेर विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए।

    विपक्षी दलका सांसदहरूले यो अध्यादेश अस्वीकृत गरियोस् भनेर प्रस्ताव राखेका थिए। विपक्षी दलका सांसदको प्रस्ताव स्वीकृत हुन सकेन। बहुमतले सरकारले ल्याएको निजीकरण अध्यादेश स्वीकृत गरेको छ।

    यो अध्यादेश २९ पुसमा जारी भएको थियो। बुधबार प्रतिनिधि सभाले स्वीकृत गरेको हो। अब राष्ट्रिय सभाबाट समेत यो अध्यादेश स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ।