काठमाडौँ– आज (बुधबार) बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित पाँच मन्त्रालयमा सचिवहरूको पदस्थापन गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रशासनलाई दिएको जानकारी अनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ।