यस्ता छन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय - Chaitanya News
  • 2026-06-27
  • 21:00:56
  • शनिबार,आषाढ १३, २०८३
  • यस्ता छन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय

    यस्ता छन् लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका चार निर्णय

    काठमाडौँ– लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय सार्वजनिक गरेको छ । आज ( बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय सार्वजनिक गरेको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने लगायत चार वटा निर्णय गरेको हो।

    यसैगरी प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने, प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा विधेयकको अवधारणा पत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने, तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयहरू गरेको एक मन्त्रीले जानकारी दिएका छन्।