काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कर्मचारीलाई रोकेर स्थानीय तहहरूमा नपठाउनुको कारण के हो ? भन्दै प्रश्न गरेकी छन् । आज (बुधबार(बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । यस्तै उनले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग समेत गरेकी छिन्।
योसँगै उनले भनिन्, ’काठमाडौँ महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। देशका धेरै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले के हेरेर बसेको छ ?