कुलमानलाई हटाइए सडक र सदनबाटै विरोध हुन्छ : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-06-27
  • 21:00:27
  • शनिबार,आषाढ १३, २०८३
  • कुलमानलाई हटाइए सडक र सदनबाटै विरोध हुन्छ : ज्ञानेन्द्र शाही

    कुलमानलाई हटाइए सडक र सदनबाटै विरोध हुन्छ : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए सडक र सदनबाटै विरोध हुने बताएका छन्।आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका हुन्।

    ‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ,’ उनले भने।

    घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले स्मरण गरे।

    ‘२०७२–०७३ सालमा नेपाल विद्युत प्राधिकरण आठ ८९ करोड रुपैयाँको घाटनामा थियो। अहिले २०८१–०८२ को ६ महिना अझै बाँकी छ प्राधिकरणको ११ अब ३६ कुरोड फाइदामा छ,’ शाहीले भने।

    नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए। यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर दिइएको भनेर पनि उनले प्रश्न उठाए।