आज साँझ मन्त्रिपरिषद् बैठकबस्दै, प्रशासन र स्वास्थ्यतर्फ दुई सचिवको नियुक्तिको सम्भावना - Chaitanya News
  • 2026-06-27
  • 21:00:28
  • शनिबार,आषाढ १३, २०८३
  • आज साँझ मन्त्रिपरिषद् बैठकबस्दै, प्रशासन र स्वास्थ्यतर्फ दुई सचिवको नियुक्तिको सम्भावना

    आज साँझ मन्त्रिपरिषद् बैठकबस्दै, प्रशासन र स्वास्थ्यतर्फ दुई सचिवको नियुक्तिको सम्भावना

    काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दैछ। बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ। साथै, प्रशासन र स्वास्थ्य क्षेत्रका दुई रिक्त सचिव पदमा नियुक्तिको विषयमा पनि बैठकले निर्णय गर्ने सम्भावना छ।

    हाल प्रशासन सेवा र स्वास्थ्य मन्त्रालयमा एकरएक सचिव पद रिक्त रहेका छन्। ती पदमा योग्य व्यक्तिहरूलाई नियुक्त गर्ने प्रक्रिया आजको मन्त्रिपरिषद् बैठकमार्फत टुंगो लाग्दैछ ।