च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:35:54
  • शुक्रबार,जेठ २२, २०८३
  • च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

    च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

    काठमाडौं– आज (बुधबार) हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै छन्।

    खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। यस खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ।

    दक्षिण अफ्रिका समूह बी को विजेता तथा न्युजिल्याण्ड समूह ए को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन्। दक्षिण अफ्रिका यस प्रतियोगितामा हालसम्म अपराजित छ भने न्युजिल्याण्ड भारतसँग पराजित भएको थियो।

    दक्षिण अफ्रिकाले समूह चरणमा अफगानिस्तान र इंग्ल्याण्डलाई हराएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले नतिजाविहीन भएको थियो।

    न्युजिल्याण्डले समूह चरणमा बंगलादेश र पाकिस्तानलाई हराउँदा भारतसँग पराजित भएको थियो। दक्षिण अफ्रिकालाई हराए न्युजिल्याण्डको भेट भारतसँग दोस्रोपटक हुनेछ।