काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरमा सामान्यतया मौसम सफा रहने जानकारी दिएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ भने, अन्य भागमा मौसम सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ।