काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोक सेवा आयोगबाट ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको बताएका छन्।
आज (मंगलबारं) काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रममा बोल्दै उनले सो जानकारी गराएका हुन्।
एकै पटक लोक सेवा आयोगबाट ५ सय डाक्टर लिनका निम्ति हामीले क्याबिनेटबाट ओएनएमको सैद्धान्तिक स्वीकृति गराएका छौँ,’ स्वास्थ्य मन्त्री पौडेलले भने।
त्यस्तै, चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन्।