काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एव् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन्।आज (मंगलबार) सञ्चारकर्मीहरूसँग कुरागर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेको प्रश्न गर्दा जवाफमा ‘प्रचण्ड’ले भने, ‘अहिले सरकारको आयु नतोकौँ। हामी भनिराखेका छौँ( बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ।
तर, सरकारले ठिक काम भने नगरेको उनले बताए। सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए। सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको उनको भनाइ छ।
‘जनतामा आम रूपमा असन्तुष्टि छ । काँग्रेसभित्र, एमाले भित्र पनि उकुसमुकुसको स्थिति छ’, उनले भने। तथापि, आफूहरू सरकार बदल्नेतिर नलागेको बताए । ‘प्रचण्ड’ भन्छन्, ‘हामीलाई जनतातिर नै ठिक छ।