आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि - Chaitanya News
  • 2026-06-27
  • 20:59:41
  • शनिबार,आषाढ १३, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    काठमाडौँ– संघीय संसद् अन्तर्गत आज पनि दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ ।

    जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचि रहेको छ।

    यस्तै, दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ।