यस्तो छ आजको मौसम - Chaitanya News
  • 2026-07-17
  • 01:52:39
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– आज देशभरमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसअनुसार आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। धेरै भू–भागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

    लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।