नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर - Chaitanya News
  • 2026-07-01
  • 03:46:16
  • मंगलबार,आषाढ १६, २०८३
  • नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ– नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (सोमबार) नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास)क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

    भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेष कार्यक्रमकाबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्त्वपूर्ण समझदारी पत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जानकारी दिए।