काठमाडौँ– नेपाली काँग्रेसका सभापति एव् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (सोमबार) प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
यस्तै उनले चुनावमा एउटा मात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् ।
उनले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए। ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुन सक्छन्। यी सबै कुराहरूलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रूपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने।