नेपालका नेताहरू विदेशसँग भिख मागिरहेका छन् : विप्लव - Chaitanya News
  • 2026-06-27
  • 21:00:06
  • शनिबार,आषाढ १३, २०८३
  • नेपालका नेताहरू विदेशसँग भिख मागिरहेका छन् : विप्लव

    नेपालका नेताहरू विदेशसँग भिख मागिरहेका छन् : विप्लव

    सुर्खेत– नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका नेताहरूले अन्य देशसँग भिख मागिरहेको आरोप लगाएका छन्। हिजो (आइतबार) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । यस्ते उनले विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने समेत बताए।

    ुगफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन, उनले भने, ुविदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन। अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो । यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।

    कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै विप्लवले उत्पादन अभियानमा जोडिनुको विकल्प नभएको बताए।

    राजनीतिक आन्दोलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जोड्न सकियो भने देश चाँडै परिवर्तनको दिशामा जान सक्ने उनको भनाइ छ।

    ुकृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छौं, उनले भने, अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो भएको छ।

    राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए। १ महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जानकारी गराए।

    उनका अनुसार भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेका छन्। भेडा पालन ९० वटाबाट सुरु गरिएको उनको भनाइ छ । उनले भने, जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ। हामी गर्छौँ।