स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता हुँदै - Chaitanya News
  • 2026-06-27
  • 23:06:36
  • शनिबार,आषाढ १३, २०८३
  • स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता हुँदै

    स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता हुँदै

    काठमाडौं– आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव संघ–संगठन दर्ता हुँने भएको छ।

    त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ। सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

    २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

    दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

    दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ। दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ। र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने छ।