काठमाडौं– राष्ट्रिय सभाबाट आज (आइतबार) एकै दिन चार वटा विधेयक पारित भएको छ।
आज बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ। यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो। अब यो विधेयक प्रतिनिधि सभामा जान्छ।.यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन्र) विधेयक, सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन्।
यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन्।
राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो।
एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किन्छ। अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्छन्।
त्यसपछि राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ।