काठमाडौँ– भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको के छ भन्दै संसदमा प्रश्न उठीरहेको छ।
आज (आइतबार) राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा)ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन्।
‘नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ रु उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ। यसको जवाफ चाहन्छु’ उनले भनिन्।