ट्रम्पसँग झगडा गरेर बेलायत पुगेका जेलेन्स्की यस्तो भन्छन् - Chaitanya News
  • 2026-06-27
  • 23:07:00
  • शनिबार,आषाढ १३, २०८३
  • ट्रम्पसँग झगडा गरेर बेलायत पुगेका जेलेन्स्की यस्तो भन्छन्

    ट्रम्पसँग झगडा गरेर बेलायत पुगेका जेलेन्स्की यस्तो भन्छन्

    लन्डन– रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन्। बेलायती प्रधानमन्त्री किर स्टार्मरले १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन्।

    आफ्नो देशले ‘यस्ता साथी’ पाएकोमा आफू निकै खुसी भएको बेलायत पुगेपछि जेलेन्स्कीले स्टारमरलाई भनेका थिए। यस युद्धमा आफ्नो साथ दिएकोमा जेलेन्स्कीले बेलायतलाई पनि धन्यवाद दिएका थिए।

    यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए। दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो। जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामाग्री आपूर्तिको लागि २ अर्ब २६ करोड पाउण्ड ऋण दिने सम्झौताा हस्ताक्षर गरेका छन्।

    यो अहिलेका लागि रोक्का गरेर राखिएका रूसी सम्पत्तिहरूबाट प्राप्त नाफामार्फत भुक्तानी गरिनेछ। स्टार्मरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्दैछन्। यहाँ रूस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरूका साथै व्यापक युरोपेली सुरक्षाबारे छलफल गरिनेछ। जेलेन्स्कीले बेलायतका राजा चाल्र्स तृतीयलाई पनि भेट्नेछन्। एजेन्सीबट