च्याम्पियन्स ट्रफीमा आज समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 02:35:54
  • शुक्रबार,जेठ २२, २०८३
  • च्याम्पियन्स ट्रफीमा आज समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड भिड्दै

    च्याम्पियन्स ट्रफीमा आज समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड भिड्दै

    काठमाडौं– आज (आइतबार) आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड भिड्ने भएको छ।

    समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन्।

    आजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ। सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन।

    आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ। त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ। न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ।

    न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ। भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ।

    यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए।