कस्तो रहला आजको मौसम ? - Chaitanya News
  • 2026-07-17
  • 01:53:15
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– आज देशभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

    आगामी २४ घण्टासम्म नेपालमा वर्षारहिमपात गराउने प्रणाली छैन। साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ।