विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न नैनसिंह महरको प्रस्ताव - Chaitanya News
  • 2026-07-01
  • 03:47:50
  • मंगलबार,आषाढ १६, २०८३
  • विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न नैनसिंह महरको प्रस्ताव

    विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न नैनसिंह महरको प्रस्ताव

    काठमाडौँ– नेपाली काँग्रेसले नेपालमा विदेशी विद्यार्थीहरूलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग गरेको छ । आज (शुक्रबार) नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालमा विदेशी विद्यार्थीहरूलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

    उनले भने, ‘हामी नयाँ बजेको पूर्वअभ्यासमा छौँ। नेपालभित्रै सरकारले छात्रवृत्ति दिने गरी विश्वविद्यालय र स्कुलहरूमा विदेशी विद्यार्थीहरू पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गरौँ। त्यसले नेपालप्रति माया हुन्छ, भारतबाट, जापानबाट, चीनबाट विद्यार्थी आउलान्।’

    उनले अहिलेको सरकार निजी क्षेत्रप्रति सकारात्मक रहेको बताए।