सशस्त्र प्रहरी बल नेपाल विधेयकमा ६४ संशोधन प्रस्ताव - Chaitanya News
  • 2026-11-17
  • 10:23:16
  • मंगलबार,मंसिर ०२, २०८३
  • सशस्त्र प्रहरी बल नेपाल विधेयकमा ६४ संशोधन प्रस्ताव

    सशस्त्र प्रहरी बल नेपाल विधेयकमा ६४ संशोधन प्रस्ताव

    काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ मा प्रतिनिधिसभामा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

    प्रतिनिधिसभामा छलफलका लागि स्वीकृत भएपछि तोकिएको बिहिबार साँझ ५ बजेर ५० मिनेटसम्मको समयमा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका संघीय संसद सचिवालयको विधेयक व्यवस्थापन शाखाले जानकारी दिएको छ।

    विधेयक गृह मन्त्रालयले सरकारी विधेयकका रूपमा १५ माघमा संघीय संसद सचिवालयमा दर्ता गरेको थियो।