सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता - Chaitanya News
  • 2026-11-17
  • 10:23:21
  • मंगलबार,मंसिर ०२, २०८३
  • सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

    सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

    काठमाडौँ– सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ। यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो।

    संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेटसम्मको छ। अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन्।

    संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ। संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन्।

    यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो। छलफलपश्चात् प्रतिनिधि सभाले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो। यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय पाएका हुन्।