शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : प्रकाशमान सिंह - Chaitanya News
  • 2026-07-17
  • 05:29:00
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : प्रकाशमान सिंह

    शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : प्रकाशमान सिंह

    काठमाडौँ– सहरी विकास मन्त्री प्रकाशमान सिंहले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास प्रयास आवश्यक रहेको बताएका छन् ।आज (बिहीबार) ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुा् ।

    यस्तै उनले विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको बताए ।

    शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे।

    ‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवी मार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उनले भने।

    सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अंग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अंग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे।