युद्ध सुरु भएयताको तीन वर्षमा कति फेरियो युक्रेन ? - Chaitanya News
  • 2026-06-27
  • 23:06:58
  • शनिबार,आषाढ १३, २०८३
  • युद्ध सुरु भएयताको तीन वर्षमा कति फेरियो युक्रेन ?

    युद्ध सुरु भएयताको तीन वर्षमा कति फेरियो युक्रेन ?

    किभ – हालैका दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्न र त्यहाँ शान्ति स्थापना गर्नमा जोड दिइरहेका छन्। गएको हप्ताको सुरुमा अमेरिका र रुसी अधिकारीहरूले युक्रेनी शान्ति वार्ताका क्रममा साउदी अरबमा भेटघाट गरेका थिए।

    तर यो भेटघाटमा युक्रेनबाट कुनै पनि प्रतिनिधि आएका थिएनन्। अमेरिकाको रवैयाबाट युक्रेन मात्रै होइन सारा युरो जिल्ल थिए। यसको अर्थ खुट्याउन लागि परेका थिए। रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेको फेब्रुअरी २४ मा तीन वर्ष पूरा भयो। यस क्रममा युक्रेनले ठुलो भूभाग गुमायो।

    पश्चिमी देशहरूबाट पाइरहेको सैन्य सहयोगका कारण केही भूभाग फिर्ता लिन युक्रेन सक्षम पनि भएको छ। दसौँ लाख युक्रेनीहरू विस्थापित भएका छन्। हजारौँ मारिएका छन्। हजारौँ घाइते भएका छन्। युक्रेनमा यी तीन वर्षमा आएका परिवर्तन यी चार ग्राफिक्समा बुझौँ।

    युद्धको सुरुमा युक्रेनले किभबाट अन्यत्र सेना पठाएको थिएन। तर पछि उत्तर पूर्वी खार्किभ र दक्षिणी खेर्सन क्षेत्रका हिस्सामा जित हात पार्यो। तर पूर्वी क्षेत्रमा दोनेत्स्क र बख्मुतमा निकै क्षति बेहोरेको थियो। २०२२ मा आक्रमणयता युक्रेनले आफ्नो ११ प्रतिशत भूभिमा नियन्त्रण गुमाएको सीएनएनले इन्ष्टिच्यूट फर द स्टडी अफ वारको डेटा विश्लेषणको क्रममा फेला पारेको छ। २०१४ मा द्वन्द्व सुरु भएयता रुस र रुस समर्थिन पृथकतावादीको हातमा गुमाएको भूमिको कुरा गर्ने हो भने यो अनुपात १८ प्रतिशतसम्म पुग्छ।

    युक्रेनमा रुसको कब्जालाई तीन चरणमा व्याख्या गर्न सकिन्छ।

    २०१४

    यो वर्ष रुसले गैरकानूनी रूपमा क्रिमियालाई युक्रेनबाट अलग्याएको थियो। दोनबासको हिस्सा रुस समर्थित पृथकतावादी समूहले गरेका थिए। दुवै क्षेत्र आजको दिनमा पनि रुसको कब्जामा छ।

    २०२२

    फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि भएभरको शक्ति लगाएर आक्रमण थाल्यो। यस क्रममा उत्तरको ठुलो हिस्सा कब्जा गर्‍यो। तर पछि युक्रेनले केही हिस्सा फिर्ता लियो। दक्षिण र दक्षिण पूर्वमा पनि रुसले लडाई जारी राखेको छ।

    २०२५

    तीन वर्षसम्मको लडाइँपछि अहिले रुसको कब्जामा युक्रेनको १८ प्रतिशत भूभाग छ।

    २०१४ मा रुसी सेनाले गैरकानूनी रूपमा क्रिमियालाई युक्रेनबाट छुट्याए। किभमा मेदान क्रान्तिले राजनीतिक उथलपुथल निम्त्याएलगत्तै यो कार्य भएको थियो। सोही वर्षको अन्त्यतिर रुस समर्थित पृथकतावादीहरूले दोनबास क्षेत्रको केही हिस्सा नियन्त्रणमा लिए। आजको दिनमा पनि यी क्षेत्रमा रुसकै कब्जा छ।

    रुसले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि भए भरको शक्ति लगाएर आक्रमण थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सारा युक्रेन आफ्नो मुठ्ठीमा पार्ने सोचेको इन्ष्टिच्यूट फर द स्टडी अफ वार भन्छ। तर तीन वर्षसम्मको चर्को लडाई पछि पनि रुसको यो सपना पूरा हुने कुनै छाँट छैन। यो सबै पश्चिमी मित्र देशहरूबाट आइरहेको अस्त्र बलियो बनेको युक्रेनको प्रतिरक्षात्मक सेनाको कारणले मात्रै सम्भव भएको हो।

    युक्रेनको सबैभन्दा ठुलो सहायताको स्रोत नै खतरामा

    युद्ध सुरु भएयता अमेरिका रुसको सबैभन्दा ठुलो योगदानकर्ता रहँदै आएको थियो। बाइडेन प्रशासनले युक्रेनलाई ९५ अर्ब डलर मूल्य बराबरको सैन्य, मानवीय र वित्तीय सहायता दिएको थियो। तर डोनाल्ड ट्रम्प सत्तामा आएयता यो सहायता खतरामा पर्ने देखिएको छ। युक्रेनले अहिलेसम्म पाएको सहयोगको झन्डै आशा अमेरिकाबाट आएको थियो। ट्रम्प प्रशासनले कति सहयोग दिन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।

    ट्रम्पले जसरी भएपछि युक्रेनमा युद्ध अन्त्य गरेरै छाड्ने कसम खाएका छन्। आफ्नो चुनावी अभियान भर पनि उनी युक्रेनलाई सहायता दिने कुरामा सन्दिग्ध देखिएका थिए। हालै भने ट्रम्पले युक्रेनलाई अहिलेसम्म दिएको सहायताको बदलामा उसँग भएको बहुमूल्य धातु प्रयोग गर्न पाउनु पर्ने र भविष्यमा दिइने सहायताका लागि पनि दूर्लभ धातु चलाउनु पाउनु पर्ने सम्झौता गर्नमा दबाब दिएका थिए।

    ट्रम्पले युक्रेनबाट ५ खर्ब डलर मूल्य बराबरको बहुमूल्य दुर्लभ धातु लिन खोजेका थिए । सुरुमा उनीहरूले यसमा सहमति जनाएको पनि ट्रम्पले यो महिनाको सुरुमा फक्स न्यूजसँगको कुराकानीमा भनेका थिए। युक्रेनलाई सहयोग गरे कम्तीमा आफू बुद्धु भयो भन्ने महसुस नहोस् भनेर ट्रम्पले यो प्रस्ताव गरेका थिए। ‘होइन भने त हामी बुद्धु भइहाल्यो नि मैले उनीहरूलाई भनेको थिएँ कि हामीले केही त गर्नै पर्छ। यसरी पैसा दिइरहन त हामी सक्दैनौँ नि,’ उक्त अन्तर्वार्तामा ट्रम्पले भनेका थिए। सुरुमा जेलेन्स्कीले यो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । तर सोमबार भने दुई देशबिच सम्झौता अन्तिम चरणमा पुगेको खबर आइरहेको छ।

    ट्रम्पले अमेरिकी विदेशी सहायता नियोग यूएसएडको गतिविधि निलम्बित गरेपछि युक्रेन पहिला देखि नै प्रभावित भइसकेको छ। सहायता रकम रोक्का भएपछि युक्रेनका एनजीओ र परोपकारी संस्थाहरूले कर्मचारी कटौतीदेखि एचआईभी पहिचान परियोजनासम्म सबै कुरा बन्द गरेर धमाधम कर्मचारी निकाल्ने थालेका थिए। गएको तीन वर्षमा युक्रेन यूएसएडले बाँड्ने सहायताको सबैभन्दा ठुलो प्रापक बनेको थियो।

    दसौँ लाख युक्रेनी भए विस्थापित

    युद्ध सुरु भएर रुसले जमिन कब्जा गर्न थालेयता यता दसौँ लाख युक्रेनी घर छाडेर कम द्वन्द्वग्रस्त युक्रेनी भूभाग वा अन्य देशतिर भागेका छन्। यूरोपमा मात्रै ६३ लाख युक्रेनी पुगेका छन्। जर्मनीमा १२ लाख, पोल्यान्डमा १० लाद र ३ लाख ९० हजार चेक गणतन्त्रमा भएको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीको तथ्याङ्कले देखाएको छ। रुसी फेडरेशनमा मात्रै १२ लाख युक्रेनी बसोबास गरिरहेको यूएनको पछिल्लो प्रक्षेपणले देखाएको छ।

    १ करोडभन्दा धेरै युक्रेनी अझै विस्थापित रहेको अनुमान

    २०२४ को अन्त्यमा ३७ लाख युक्रेनीहरू आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ। अरू ६९ लाख युक्रेनी अन्य देशमा शरण खोजिरहेका छन्। आन्तरिक रूपमा विस्थापितको संख्या युद्ध सुरु भएयता ४० प्रतिशतले घटेको छ। देशबाहिर शरण खोज्नेको संख्या भने १९ प्रतिशतले बढेको छ।

    हजारौँ नागरिकको मृत्यु

    युद्ध सुरु भएयता ४१ हजार ७८३ जना घाइते भएका छन् वा मरेका छन्। यसमा मर्नेको संख्या १२ हजार ६०५ बताइएको छ। यीमध्ये धेरैजसो मृत्यु विस्फोटक हतियारका कारण भएको यूएनको मानव अधिकार कार्यालयले बताएको छ। मारिएका मध्य कम्तीमा आधा अर्थात् ६ हजार २०३ जना वयस्क पुरुष छन्। अरू ६६९ जना बालबालिका भएको बताइएको छ। घाइतेको संख्या २९ हजार १७८ रहेको बताइएको छ। एजेन्सीबाट