७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न काँग्रेस सांसद रामहरि खतिवडाको माग - Chaitanya News
  • 2026-06-27
  • 23:07:48
  • शनिबार,आषाढ १३, २०८३
  • ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न काँग्रेस सांसद रामहरि खतिवडाको माग

    ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न काँग्रेस सांसद रामहरि खतिवडाको माग

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्ष नाघेकाहरूलाई राष्ट्रिय परिचय पत्र लागू नगर्न सरकारसँग माग गरेका छन्।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । यस्तै उनले राष्ट्रिय परिचय पत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन समेत माग गरे।

    उनले भने, ‘अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस्। यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्।