कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-06-27
  • 23:07:46
  • शनिबार,आषाढ १३, २०८३
  • कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? : ज्ञानेन्द्र शाही

    कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? : ज्ञानेन्द्र शाही

    काठमाडौँ– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? भन्दै प्रश्न गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । यस्तै उनले सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोप्रति आपत्ति समेत जनाएका छन्। यो सँगै उनले ओली सरकारबाट कसैको भलो नभएको टिप्पणी पनि गरे ।

    उनले भने, ‘अहिले काठमाडौँसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरकारले पठाएको छैन। शिक्षक, कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। ओली सरकारलाई त्यसको पाप लाग्ला।

    उनले जुम्लामा पनि त्यही हालत रहेको बताए। उनले निजामती कर्मचारीलाई नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ? भन्दै प्रश्न गरे।