दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागरले भने अब केही आशा जागेको छ,कम्तिमा कोही त बोल्दै छ,ज्युँदै छ : सागर ढकाल - Chaitanya News
  • 2026-06-12
  • 07:12:21
  • शुक्रबार,जेठ २९, २०८३
  • दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागरले भने अब केही आशा जागेको छ,कम्तिमा कोही त बोल्दै छ,ज्युँदै छ : सागर ढकाल

    दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागरले भने अब केही आशा जागेको छ,कम्तिमा कोही त बोल्दै छ,ज्युँदै छ : सागर ढकाल

    काठमाडौं– दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणलाई सागर ढकालले समर्थन गरेका छन्।

    डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावमा प्रतिस्पर्धा गरेका ढकालले अब बोल्ने कोही भएको आशा जागेको बताएका हुन्।

    दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको घटनामा उनले फेसबुकमा लेखेका छन्, ‘म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ। रास्वपको यो विज्ञप्ति मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ।’

    उनले राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रह गरेका छन्।

    ‘राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर वा संसदको पहिलो बैठकबाटै यसको बारेमा अपडेट र सूचना लिने प्रकृया सुरु गर्नुपर्दछ’ उनले भनेका छन्, ‘यो खोला फर्काएको बाँध बनाउनको लागि मात्र हो वा सधैँ यस्तै हो लगायतका अनेक प्रश्नको उत्तर सोध्नुपर्ने छ। मेरो तर्फबाट पनि काठमाडौं आइसकेपछि बुझ्नेछु। केही आशा जागेको छ अब कम्तिमा कोही त बोल्दै छ, ज्युँदै छ ।’