पछिल्लो समय युवाहरु विदेशिनेक्रम बढ्यो : राप्रपा सांसद सिंह - Chaitanya News
  • 2026-06-27
  • 23:07:48
  • शनिबार,आषाढ १३, २०८३
  • पछिल्लो समय युवाहरु विदेशिनेक्रम बढ्यो : राप्रपा सांसद सिंह

    पछिल्लो समय युवाहरु विदेशिनेक्रम बढ्यो : राप्रपा सांसद सिंह

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न सकिएन भन्दै दुःख व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युवाहरू विदेशिनेक्रम बढ्दो रहेको बताएका हुन्। यस्तै उनले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएकाले पछिल्लो समय युवाहरु विदेशिनेक्रम बढिरहेको समेत बताए।

    उनले टिचिङ अस्पतालबाट मात्रै ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको जानकारी दिए।

    ‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसकेको छ,’ उनले भने।