काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । यस्तै उनले सरकारले विद्युत् महसुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप समेत लगाए।
उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुख ज्यु ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?
यस्तै बैठकमा उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिइओ विमल गुरुङमाथि कारबाही गरिएको बताए।