दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि - Chaitanya News
  • 2026-06-28
  • 01:21:27
  • शनिबार,आषाढ १३, २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    काठमाडौँ– आज (सोमबार) संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक बस्ने तया भएको छ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची छ।

    त्यस्तै, पौने १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल हुने सचिवालयले जनाइएको छ।