‘मलाई किन चाहियो सम्पत्ति, दुई वटा रोटी र अलिकति दाल खाने हो’ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-06-28
  • 01:21:30
  • शनिबार,आषाढ १३, २०८३
  • ‘मलाई किन चाहियो सम्पत्ति, दुई वटा रोटी र अलिकति दाल खाने हो’ : प्रधानमन्त्री

    ‘मलाई किन चाहियो सम्पत्ति, दुई वटा रोटी र अलिकति दाल खाने हो’ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मलाई किन चाहियो सम्पत्ति, दुई वटा रोटी र अलिकति दाल खाने हो भन्दै ब्याङगे गररेका छन । आज (शुक्रबार) काठमाडौंमा लोकार्पण गर्दै उनले यस्तो भनेका हुन्। यस्तै उनले आर्थिक कारोबारसँग जोडेर आफूबारेमा अनेक पटक अनेक भ्रम फैलाउने गरिएको टिप्पणी समेत गरे ।

    स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्दै आफ्नोबारेमा भ्रम फिजाइएको भन्दै उनले त्यसको खण्डन गरे। ‘मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुई वटा रोटी र अलिकति दाल खाने हो। मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन।’

    प्रधानमन्त्री ओलीले आफ्नो जीवन सबै खुल्ला र पारदर्शी रहेको पनि बताए। ‘मेरो जीवन सबै खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन,’ उनले भने।

    ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको

    उनले सुशासनबाट मात्रै मुलुकलाई समृद्धितिर लैजान सकिने भन्दै छिटो छरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए ।

    प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणादायी हुने धारणा राखे ।