काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने द्यँब् िग्रेक्ँ छन् ।
आज (शुक्रबार) विराटनगरमा काँग्रेसको सूचना सञ्चार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । यस्तै उनले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा काँग्रेसको समर्थन नहुने समेत बताए।
सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुँदैन,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन मात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन।’
फरक प्रसंगमा उनले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताए।
विधानअनुसार तोकिएकै समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामू रहेको उनको भनाइ थियो। समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ(आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्ने पनि उनले बताए।