नेपाल प्रहरीले थप गर्‍यो प्रहरी निरीक्षक र सहायक निरीक्षकको माग संख्या - Chaitanya News
  • 2026-11-17
  • 11:23:37
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीले थप गर्‍यो प्रहरी निरीक्षक र सहायक निरीक्षकको माग संख्या

    नेपाल प्रहरीले थप गर्‍यो प्रहरी निरीक्षक र सहायक निरीक्षकको माग संख्या

    काठमाडौँ– नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा थप पद खुला गरेको छ।

    प्रहरीले २०८१ साल भदौ गते विज्ञापन प्रकाशित गरेको सुचनामा प्रहरी निरीक्षक ६४ जना रसाहायक निरीक्ष २५६ जनामा लागि दखास्त खुलाएको थियो ।

    प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ। त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ।

    नेपाल प्रहरीले सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ। थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।