१) कुन जोडा सही छैन ? पत्ता लगाउनुहाेस् ।
A) ठूलो महासागर – प्रशान्त महासागर B) दक्षीण ध्रुवीय महासागर– सुमेरू महासागर
C) व्यस्त महासागर – आन्ध्र महासागर D) तेलको महासागर – हिन्द महासागर
२) जाती र पर्व बीचको जोडामा कुन जोडा सही छैन ?
A) सेहराय – सतार B) सिरूवा – थारू C) कात्तिके चाड – राई D) महाकाली नाच–नेवार
३) तलका कथन विचार गरी सही कोड छनौट गर्नुहोस् ।
a) विश्वमा सबैभन्दा बढी रेडियो स्टेशन हुने देश भारत हो ।
b) विश्वमा सबैभन्दा बढी T.V. channel हुने देश भारत हो ।
c) विश्वमा सबैभन्दा बढी Post office हुने देश भारत हो ।
d) विश्वमा सबैभन्दा बढी जातजाती हुने देश भारत हो ।
A) a, b, cसही, d गलत B) a, c, d सही, द गलत
C) b, c, d सही, a गलत D) a, b, c, d सबै सही
४) नेपालको संविधान निर्माणको क्रममा संवाद समितिको सभापति को थिए ?
A) कृष्ण प्रसाद सिटौला B) डा. बाबुराम भट्टराई
C) माधव कुमार नेपाल D) रामचन्द्र पौडेल
५) Cold Desert भन्नाले कुन हावापानीलाई बुझाउँछ ?
A) उष्ण मौसमी हावापानी B) शितमण्डलीय हावापानी C) धुव्रीय हावापानी D) पर्वतीय हावापानी
६) नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
A) वि.सं. १९६० माघ B) वि.सं. १९६१ माघ C) वि.सं. १९६३ माघ D) वि.सं. १९६४ माघ
७) सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित गराएको पहिलो संविधान कुन हो ?
A) नेपाल अधिराज्यको संविधान २०१५ B) नेपाल अधिराज्यको संविधान २०४७
C) नेपालको अन्तरिम संविधान २०६३ D) नेपालको संविधान
८) तलको कथन अध्ययन गरी सही कोर्ड छान्नुहोस् ।
a. ओजोन तह oxygen ले बनेको हुन्छ ।
b. ओजोन तहको अध्ययन गर्ने वैज्ञानिक J.C. Farman हुन् ।
A) दुवै सही B) a सही b गलत C) b सही a गलत D) दुवै गलत
९) नेपालमा सामुदायिक वनको अवधारणा कहिलेदेखि लागू भयो ?
A) वि.सं. २०१३ B) वि.सं. २०३५ C) वि.सं. २०४९ D) वि.सं. २०५२
१०) तलका मध्ये गलत कथन कुन हो ?
A) नेपालमा आँखा बैङ्कको स्थापना सन् १९९४ मा भएको हो ।
B) सन्दुक रूईत आँखा रोगसँग सम्बन्धित छन् ।
C) सुनौला हजार दिन प्रजनन् स्वास्थ्यसँग सम्बन्धित छ ।
D) प्रजनन् स्वास्थ्यको अवधारणा सन् १९९५ को बेइजिङ नारी सम्मलेनबाट सुरु भयो ।
११) गैरआवासीय नेपाली सङ्घको नवौं सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित गयो र उनि कुन देशमा व्यवसाय गर्दछन् ?
A) भवन भट्ट, जापान B) शेष घले, अष्ट्रेलिया
C) कुमार पन्त, जर्मनी D) जीवा लामीछाने, रसिया
१२) नेपालको संविधान बमोजिम गठन भएको भाषा आयोगको अध्यक्ष को हुन् ?
A) बालानन्द पौडेल B) डा. लवदेव अवस्थी C) मिलेन्द्र रिजाल D) लोकेन्द्र मल्लिक
१३) तलका भनाई सम्बन्धमा विचार गर्नुहोस् ।
क. नेपालमा ३ तहका अदालतको व्यवस्था गरिएको छ ।
ख. प्रत्येक प्रदेशमा पुनरावेदन अदालत रहने व्यवस्था गरिएको छ ।
A) क र ख दुबै सही B) क गलत, ख सही C) क सही, ख गलत D) क र ख दुबै गलत
१४) फोर्यलेजा घोषणापत्र के सँग सम्बन्धित छ ?
A) BRICS B) ASEAN C) NAM D) UN
१५) सार्कले मनाएका वर्षको क्रम मिलाउनुहोस् ।
a. सार्क असल शासन वर्ष b. सार्क युवा वर्ष c. सार्क साक्षरता वर्ष
d. सार्क वातावरण वर्ष e. सार्क बालिका वर्ष
A) e, d, b, c, a B) d, e, b, c, a C) e, d, b, a, c D) a, b, c, d, e
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100