योगेश भट्टराईले भने: संघीय संसदबाट अध्यादेश पारित हुन्छ - Chaitanya News
  • 2026-06-28
  • 01:20:59
  • शनिबार,आषाढ १३, २०८३
  • योगेश भट्टराईले भने: संघीय संसदबाट अध्यादेश पारित हुन्छ

    योगेश भट्टराईले भने: संघीय संसदबाट अध्यादेश पारित हुन्छ

    कर्णाली– नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन्।

    प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उनले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे। सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भने। उनले भने, “राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा परिपक्वहरूको थलो हो। त्यहाँबाट अध्यादेश पारित गछौँ र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहन्न।

    यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभई नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे। उनले भने, “विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ। कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए। रासस