महामन्त्री थापाले: अबको चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छ - Chaitanya News
  • 2026-06-28
  • 01:20:57
  • शनिबार,आषाढ १३, २०८३
  • महामन्त्री थापाले: अबको चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छ

    महामन्त्री थापाले: अबको चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छ

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन्। आज (बुधबार)पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दैथापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका हुन् ।

    यस्तै उनले भने ‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जाने हो,’ सम्बोधनको क्रममा थापाले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो ।’

    रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा कांग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले जिकिर गरे।

    ‘त्यसको आधारमा कांग्रेसलाई मत नदिएर यहाँ गल्ती भएछ भनेर यहाँको मतदाताले महसुस गर्छ गर्छ,’ थापाले भने।

    साथै, उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताए ।

    ‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन,’ महामन्त्री थापाले भने।