२०८४ को चुनावका लागि काँग्रेसलाई सशक्त बनाउनुपर्छ : डा.शशांक कोइराला - Chaitanya News
  • 2026-06-28
  • 03:34:13
  • शनिबार,आषाढ १३, २०८३
  • २०८४ को चुनावका लागि काँग्रेसलाई सशक्त बनाउनुपर्छ : डा.शशांक कोइराला

    २०८४ को चुनावका लागि काँग्रेसलाई सशक्त बनाउनुपर्छ : डा.शशांक कोइराला

    काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले ०८४ हुने निर्वाचनको लागि पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन्।

    आज (बुधबार) नेपाल प्रजातन्त्र सेनानी संघ दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले चुनावलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न आग्रह समेत गरे।

    उनले भने, ‘पार्टीलाई सशक्त बनाउन संगठनको महत्त्वपूर्ण भूमिका हुन्छ। ०८४ मा चुनाव हुँदैछ, त्यसलाई मध्यनजर गरेर संगठनलाई चुस्त दुरुस्त बनाएर पार्टीलाई अगाडि बढाउन सहयोग गर्नुहुन्छ भन्ने विश्वास राखेको छु।’

    उनले विपी कोइरालाले स्थापित गरेको काँग्रेसलाई भविष्यका कर्णधारहरूले जिम्मेवारीलाई पूरा गर्ने विश्वास राखेका छन्।