पानीजहाजसम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइयो - Chaitanya News
  • 2026-11-17
  • 11:54:45
  • मंगलबार,मंसिर ०२, २०८३
  • पानीजहाजसम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइयो

    पानीजहाजसम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइयो

    काठमाडौँ– ‘नीजहाजसम्बन्धी विधेयकविधायन व्यवस्थापन समितिमा पठाइएको छ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको हो।

    आज (मंगलबार) को राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाइएको हो।

    बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को ६५ औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गरे। राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ।