काठमाडौं– नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन्।
सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले सो कुरा बताएका हुन्। समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको उनले प्रशंसा गरे।
संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए।
संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि केही कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए। अबका दिनमा संघीयता कार्यान्वयनका साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन आवश्यक कानुन निर्माणमा लाग्ने उनले बताए।