काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिवि सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी दरखास्त आह्वान गरेको छ। आज (मंगलबार) आयोगले एक सूचना जारी गरी ठूलो संख्यामा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो।
आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो। आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ।
आवेदनका लागि अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीय पदका लागि १ हजार ५ सय रुपैयाँ र थप समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्ने व्यवस्था गरेको छ।
आयोगले चैत ११ गतेसम्म तोकिएको तस्तुरमा र चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आयोगको बेवसाइटबाट दरखास्त दिन सक्ने जनाएको छ।
![]()
![]()
![]()