काठमाडौँ– आज (मंगलबार) पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालय जानकारी दिएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने छ ।
आजबो बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९–८०’ पेस गर्नेछन् ।
यसैगरि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श( विधेयक, ०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।