काठमाडौँ– न्याय सेवाका आयोगले केही सचिवहरुको सरुवा, पदस्थापन तथा केही उपसचिवहरुको सरूवा गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिँह राउतको अध्यक्षतामा हिजो (सोमबार) बसेको बैठकले आन्तरिक प्रतिस्पर्धाबाट राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव( भएका पाँच जनालाई पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पदस्थापन तथा सरुवा हुनेमा सपना अधिकारी गौतम, उर्मिला जिसी, मानबहादुर बस्नेत, शारदा राउत र युवराज महत रहेका छन् ।
आन्तरिक प्रतिस्पर्धाबाट न्याय समूहको सहसचिव भएकी सपना अधिकारी गौतमको उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको रजिष्ट्रारमा पदस्थापनको सिफारिस गरिएको छ । यसैगरि कानुन समूहकी उर्मिला जिसीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विशेष पदमा पदस्थापनका लागि सिफारिस गरिएको छ। अर्का सहसचिव मानबहादुर बस्नेतको पनि मन्त्रालयमै सिफारिस गरिएको छ ।
यस्तै सरकारी वकिल समूहतर्फ सहसचिव शारदा राउत उच्च सरकारी कार्यालय, धनकुटाको सहन्यायाधिवक्ता र युवराज महत उच्च सरकारी वकिल कार्यालय, इलामको सहन्यायाधिवक्तामा पदस्थापन गर्न न्याय सेवा आयोगले सिफारिस गरेको हो।
![]()