नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव बहुमतले स्वीकृत - Chaitanya News
  • 2026-06-28
  • 03:34:39
  • शनिबार,आषाढ १३, २०८३
  • नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव बहुमतले स्वीकृत

    नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव बहुमतले स्वीकृत

    काठमाडौँ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

    सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। फागुन ४ गतेको बैठकमा गणपूरक सङ्ख्याको अभावमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन।
    यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ का सम्बन्धमा सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।

    त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आव २०७९–८०( र सातौँ वार्षिक प्रतिवेदन (आव २०८०–८१) पेस गरेका छन्।

    यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ का सम्बन्धमा सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभएको हो।