काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएको बताएका छन् । आज (सोमबार) लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै उनलेृ सरकारले ल्याएको अध्यादेशबारे व्यापक समर्थन रहेको जिकिर गरेका हुन् ।
‘हामीले २९ वटा कानुन हेरफेर गर्यौँ। ६ वटा अध्यादेशमा समेट्यौँ। अध्यादेशमा व्यापक समर्थन छ। धेरैले धन्यवाद भनेका छन्’, उनले भने, ‘विरोध गर्नै पर्ने भएकाले विरोध गर्नु बेग्लै कुरा हो। धेरै कानुन निर्माण गर्नुपर्छ। तीव्र गतिमा विकास गर्नका लागि अध्यादेश ल्याएको। कानुन निर्माण गर्ने काम अगाडि बढेको छ।