काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ।
आज बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व २०७९–२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०–२०८१ं) पेश गर्ने कार्यसूचि रहेको छ।
यसैगरि गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन( विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् भने नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्ययोजना पनि रहेको छ।