काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ हजार घर भएको ठाउँमा ४८ हजार भूकम्प पीडितलाई पहिलो किस्ता दिने काम भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा भ्रष्टाचार भएको जिकिर गरेका समेत गरेका छन् । उनले कुल ३९ हजार घुरी घर भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै प्रश्न उठाएका हुन्।
सांसदसँगको प्रश्नोत्तरमा सहभागी उनले भने, ‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ। कहाँबाट आयो त्यत्रो घर ?त्यो ठाउँमा ३७ हजार घर भत्किएर ४८ हजारलाई कसरी वितरण गरियो। के भएर यस्तो भयो ?