धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ? भन्दै संसद्‍मा उठ्यो प्रश्न - Chaitanya News
  • 2026-06-28
  • 03:34:36
  • शनिबार,आषाढ १३, २०८३
  • धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ? भन्दै संसद्‍मा उठ्यो प्रश्न

    धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ? भन्दै संसद्‍मा उठ्यो प्रश्न

    काठमाडौं– धर्मान्तरका लागि अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ? भन्दै संसदमा प्रश्न उठेको छ । आज (आइतबार) प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( महामन्त्री धवलशमशेर जबराले धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो ? भन्दै प्रश्न गरेका हुन् ।

    भारतको संसदमा समेत यो विषय उठेको थियो। अमेरिकी सांसदले नै यस्तो बताएपछि भारतीय संसद्‍मा यो विषयले प्रवेश पाएको थियो।

    आइतबार प्रतिनिधिसभामा राप्रपाका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यले यसबारे सत्य के हो भनेर विषय उठाएका हुन्।

    ‘भारतको प्रतिनिधिसभामा जोडदार कुरा उठेको छ– अमेरिकाबाट सय मिलियन अर्थात, १४ अर्ब रुपैयाँ नेपालमा धर्मान्तरका लागि प्रयोग भएको छ,’ जबराले भने। यस्तो प्रयोग पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पालामा भएको भन्ने आएको जबराले स्मरण गरे। यो विषयमा वर्तमान सरकारले चासो नदेखाएको भनेर उनले प्रश्न गरे।

    यो कुरामा सरकारले चासो देखाएको छैन । हामी किन बोलिरहेका छैनौं ?’ जबराको प्रश्न छ। यो विषयमा छानबिन हुनुपर्ने उनको माग छ।

    यो विषयमा नेपाल सरकारले अमेरिकी सरकारलाई कुटनीतिक नोट पठाएर जानकारी लिनुपर्ने उनको आग्रह छ। अमेरिकी सरकारको जवाफ आएपछि सदनमा पेस गर्न पनि उनको आग्रह छ।